विश्वकप छनोटमा नेपाल जिम्बाबेसँग नेपाल ८ विकेटले पराजित
काठमाडौं । जिम्बाबेले नेपाललाई ८ विकेटले हराउँदै विश्वकप छनोटमा सुखद सुरुवात गरेको छ ।
नेपालले दिएको २ सय ९१ रनको लक्ष्य उस्ले ३५ बल बाँकी छदैं २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै विजयी शुरुवात गरेको हो । जिम्बाबेका दुई खेलाडीले आफ्नो टोलीको लागि शतकीय योगदान गरेका थिए ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आइतबार जिम्बाबेको राजधानी हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदान गरे । शतक बनाउन १ रनले चुकेका उनी एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक बनाउने कीर्तिमानबाट पनि चुकेका थिए ।
कुशललाई ९९ रनमा गुमाउँदा १ सय ७१ रन जोड्दा पहिलो विकेट खसेको थियो । यो एक दिवशीय अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठूलो साझेदारी पनि बनेको छ ।
कुशलले ९५ बलको सामना गरी १३ चौका र २ छक्काको सहयोगमा ९९ रन बनाए । जिम्बाबेका वेलिङटन मासाकाद्जाको हातबाट बोल्ड भएका कुशलले यस अघि नामिबियाविरुद्ध विश्वकप लिग २ मा १ सय १५ रन बनाएका थिए ।
यस्तै कुशललाई पहिलो विकेटका लागि साथ दिएका १ सय बलको सामना गरेर ७ चौकाको सहयोगमा ६६ रनको योगदान गरे ।
यी दुई खेलाडी अलावा नेपालका लागि कुशल मल्लले ४१, कप्तान रोहित पौडेलले ३१, आरिफ शेखले १०, गुल्सन झाले १३, करण केसी नटआउट २ रन बनाउँदा भीम सार्की विना रन बाहिरिएका थिए ।
व्याटिङमा जमेको नेपाली खेलाडीहरु बलिङमा भने पूरै फिक्का सावित भए ।
खेलमा जिम्बाबेले टस जितेर नेपाललाई पहिलो फिल्डिङको निम्तो दिएको थियो । जवाफी व्याटिङमा उत्रिएको जिम्बाबेले कुनै गल्ती गरेन ।
सुरुवातदेखि नै गतिलो प्रदर्शन गरेको जिम्बाबेका लागि कप्तान क्रेग इर्भिनले शानदार १ सय २१ रनको शतकीय योगदान गरे । १ सय २८ बलको सामना गरेर इर्भिनले १५ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए ।
यस्तै सेन विलियम्सले तेस्रो विकेटका लागि कप्तान इर्भिनसंग साझेदारी गर्दै १ सय २ रन बनाए । उनले ७० बल खेलेर १३ चौका र एक छक्काको सहयोग लिए ।
नेपालका लागि सोमपाल कामी र गुल्सन झाले एक÷एक विकेट लिएका थिए । यी दुई बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
सन्दीप लामिछाने आजको खेलमा निकै खर्चालु सावित भए । उनले १० ओभर बलिङ गरेर ७७ रन दिंदा एक विकेट पनि खोस्न सकेनन् ।















