ताप्लेजुङमा पहिरो, ४ जना पुरिए
काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर ४ जना वेपत्ता भएका छन् ।
बिहिबार राती देखि परेको अविरल वर्षाको कारण गएराती ताप्लेजुङको सिदिङ्गा गाँउपालिकामा पहिरा जाँदा ६ मेहेलेमा एक जना स्थानियसहित एकै घरका ३ जना वेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा स्थानिय गणेश तामाङका साथै स्थानिय एकै घरका भागीमाया बुढाथोकी, सन्ध्या बुढाथोकी र बालक प्रज्जवल बुढाथोकी रहेको प्रहरीले जानकारी गराएका छन् ।
ताप्लेजुङका डिएसपी राजन लिम्बुका अनुसार उनिहरुको खोजि भइरहेको छ भने पहिरोको क्षतीको विवरण आउन बाँकी छ ।














