८४ सालमा स्वतन्त्र पार्टी देशकै ठुलो पार्टी बन्ने रविको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब २०८४ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्र्दभमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले २०८४ साल सम्ममा स्वतन्त्र पार्टी सबैभन्दा धेरै सदस्य भएको ठुलो पार्टी बन्ने जिकिर गरे ।
उनले भने, ‘झण्डै १२ लाख जनताले घण्टीमा भोट हाल्नु भयो उहाँहरु सबै हाम्रो सदस्य होईन् भोलीपनि यो देशमा सबै भन्दा बढि सदस्यता लिने पार्टी स्वतन्त्र पार्टी हुन्छ ढुक्क हुनुहोस् । देश दौडानमा हिडिरहेका छौं २०८४ सालमा नेपाली जनताले जिताएर पठाएको सबै भन्दा ठूलो पार्टी पनि हुन्छ ।’
उनले ८४ सालको चुनावको लागि पार्टीदेखि वडा सम्म होनाहार व्यक्तिहरुलाई उम्मेद्वारका रुपमा तयार गर्ने तयारी भइरहेको बताए ।
उनले भने, ‘पार्टी देखि वडा सम्म एक एक होनाहार व्यत्तिहरुलाई उम्मेद्वारका रुपमा तयार गर्नु नै हाम्रो यो साढे चार वर्षको होमआर्क हो ।’
स्वतन्त्र पार्टी फलेको वृक्ष हो, आलोचनाको ढुङ्गा हान्दैमा डराउनु पर्दैन: लामिछाने
सभापति लामिछानेले आफैले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फलेको वृक्षको उपमा दिएका छन् ।
रक्तदान र वृक्षारोपण कार्यक्रममा उनले आफ्नो पार्टीबारे अन्य पार्टीका नेताले आलोचना गर्ने गरेको भन्दै उनले फलेको वृक्षमा सबैले ढुङ्गा हान्ने गरेको तर्क गरे।
‘हामीलाई दुश्मन सम्सझने सबै मञ्चबाट आजभोली नेताहरुको भाषणमा हाम्रो आलोचना भईरहेको देख्दा केहि साथिहरु दुःखी हुनुहुन्छ , म भन्छु दुःखी हुने कारणा छैन् । ढुङ्गा त तेही रुखमा हानिन्छ। जुन रुखमा फल लागेको छ।’ उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी फल लागेको बृक्ष हो ।’
उनले सो ढुङ्गाको जवाफ मेयर हर्क साम्पाङले जस्तो पानी ल्याउने काममा प्रयोग गरेर दिने तर्क गर्दै भने, ‘हानीएका ढुङगालाई जवाफ फर्काउनु हुन्न त्यो ढुङगालाई जम्मा गरेर हर्क साम्पाङले जस्तो पानी ल्याउने काम गरे भई हाल्यो नि ।’















