कम्युनिष्ट हुँ तर एउटै सिद्धान्तमा अडिग रहन्न : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु कम्युनिष्टको नेता भएता पनि एउटै सिद्धान्तमा अडिग भएर नबस्ने बताएका छन् ।
काठमाडौंमा शनिबार लेखक सुवर्ण हुमागाईद्वारा लिखित ‘जीवन,ईश्वर र मानिस’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिद्धान्तलाई धर्म बनाएर अडिग भएर नबस्ने टिप्पणी गरेका हुन् ।
उनले भने,हुन त कम्युनिष्टको नेता हुँ । तर आँखा चिम्लेर एउटा सिद्धान्त भनेर त्यसैलाई समातेर यो मैले अपनाईसके भनेर धर्म बनाएर सत्य हो भने अर्कोमा जान्छु असत्य हो भने पनि छोड्छु म भन्दिन । त्यसैले कतै टास्सिएर भन्दा पनि आँखा कान खुल्ला राखेर अगाडि बढ्ने कोशिस गर्छु ।’
अध्यक्ष ओलीले अध्यात्म आफ्नो विश्वासमा नपर्ने भन्दै शास्त्रहरुमा पनि म सम्पूर्ण रुपमा भर नपरी केलाएर मात्र हेर्ने बताए ।
उनले भने,‘ अध्यात्म मेरो विश्वासमा पर्दैन् । आध्यात्मिक तिर म प्रवेश नै गर्या छैन् । र शास्त्रहरुमा पनि म सम्पूर्ण रुपमा भर पर्दिन केलाएर मात्र हेर्छु कुन शास्त्र हो भनेर सबै पूराणमा पनि जस्ताको त्यस्तै विश्वास गार्दिन ।’
लेखक बालकृष्ण समले लेखेको ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ भन्ने वाक्यप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले भने,‘ समले लेख्नुभएको भएको ज्ञान मर्दछ हाँसेर, रोइ विज्ञान मर्दछ भन्ने भनाइप्रति सहमत छैन, विज्ञान रोएर मर्छ भन्ने पनि साँचो होईन् ज्ञान हाँसेर मर्छ भन्ने पनि साँचो होईन् । विज्ञान हामीले विरोध गर्नु पर्ने विषय होईन । ’














