स्वयम्भूमा खुला संग्राहलय आवश्यक छ : मन्त्री किराती
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीले स्वयम्भू नाथको ऐतिहासिकता झल्किने खालको खुल्ला संङ्ग्राहलय आवश्यक भएको बताएका छन् ।
शनिवार राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले, आयोजना गरेको स्वयम्भू परिसर सरसफाई कार्यक्रममा सहभागी मन्त्री किरातीले, खुला संग्राहलय बनाएर विश्वलाई स्वयम्भूको पौराणीक कथा र महत्व बुझाउन प्रयत्न गर्नुपर्ने धारणा राखेका हुन् ।
बौद्ध ग्रन्थहरुमा स्वयम्भूनाथ उत्पति भएका विभिन्न कथाहरु उल्लेख गरिएको भन्दै सबै कथाहरुलाई खुल्ला संङ्ग्राहलयको रुपमा स्वयम्भूनाथ परिसरका भित्ताहरुमा राख्न सके अझै आकर्षक देखिने उनको भनाई छ ।
‘बुद्ध दर्शनको ग्रन्थहरुमा कथा र मिथहरुमा यो दश लाख वर्ष अगाडी पानी हुनुभन्दा पनि अगाडी मान्छेको बसोबास गर्ने विवरण कथाहरुमा उल्लेख छन् । यो सारा कथाहरुलाई खुल्ला संङ्ग्राहलयको रुपमा हाम्रो भित्ताहरुमा कथाहरु बोल्ने बनाउन पाए संसारभरीको लागि यो आँखा त त्यसै छ, आँफै आकर्षछ हुन्छ भन्ने लाग्छ’ उनले भने ।
उनले नेपाली सम्पदालाई अझै विश्वमा चिनाउन नसकेको भन्दै संस्कृतिको सम्मान र संरक्षणका लागि सबै लाग्नुपर्ने बताए ।
सरसफाई कार्यक्रममा पुगेका मन्त्री किरातीसहित, लोक दोहोरी कलाकार तथा स्वतन्त्र व्यक्तिहरुको ठूलै समूहले सम्पदा सरसफाईमा ऐक्यवद्धता जनाउँदै आज स्वयम्भूनाथ मन्दिर परिसर सरसफाई गरेका छन् ।











