हङकङ र नेपालको खेल रद्द : नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौं । नेपाल एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत आज विहान हुने भनिएको खेल नेपाल र हङकङबीचको खेलका कारण रद्द भएसंगै नेपालको यात्रा सकिएको हो ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र हङकङबीचको खेल टस समेत हुन नसकि रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र हङकङले १÷१ अंक बाडेका छन् ।
अंक बाडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ ।
नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएको थियो ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।














