जनजातिको तथ्यांकमा देखिएका त्रुटि सच्याउन सरकार तयार छ : प्रधानमन्त्री दाहाल

Prachanda
20

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, तथ्यांक कार्यालयले जनजातिलाई फुटाउने काम गरेको भन्दै तथ्यांकमा भएको कमजोरी सच्याउन सरकार तयार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल मगर संघ केन्द्रीय समिति भूमे÷भुम्या पर्व –२०८० लाई सम्बोधन गर्दै उनले तथ्याङ्कमा देखिएका त्रुटि सच्याउन सरकार तयार रहेको बताएका हुन् ।

पछाडि परेका जातजाति, वर्ग समुदायको संघर्ष र बलिदानीबाटै नेपालमा लोकतन्त्र प्राप्तिसम्मका आन्दोलन सफल भएको भन्दै उनले सरकारबाट भएको कमजोरीलाई सुधार्ने प्रतिबद्धता गरेका छन् ।



‘देशलाई, जनजातिलाई वा कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन, यसमा सरकारको कुनै नियत पनि छैन, हामी प्रस्ट छौं । मगर समुदायलगायत अरु पनि आदिवासी जनजातिलाई तथ्यांक कार्यालयबाट जनगणनाको नतिजा सार्वजनिक गर्ने क्रममा फुटाउने काम भयो भनेर राख्नुभएको छ । दुई÷तीन दिन अगाडि आदिवासी जनजाति महासंघले पनि त्यसबारे ध्यानाकर्षण गराउनुभएको थियो । मैले त्यसबारे पहिलो पटक थाहा पाएको हो । यसलाई सच्याउँन लगाएको छु । देशलाई, जनजातिलाई वा कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन, यसमा सरकारको कुनै नियत पनि छैन, हामी प्रस्ट छौं । ’

उनले तथ्यांक विभाग प्रधानमन्त्री कार्यालय मातहतमै रहेको भए पनि आफूलाई जनजातिका जातजातिहरूलाई अलग गरेर तथ्यांक संकलन भएकोबारे कुनै जानकारी नभएको बताए ।

यो पनि…



भूमे/भुम्या पर्व –२०८० (फोटो फिचर)

Support Nepali Journalism

Author