आदिपुरुषको संवाद सच्चाइयो
दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् ।
‘सीता भारतकी छोरी’ भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएकोे भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
धार्मिक कथामा आधारित ‘आदिपुरुष’ आज नै प्रदर्शनमा आएको छ ।
तर, काठमाडौं उपत्यकामा भने आज विहानका लागि तय भभएका शोहरु भने स्थगित भएका छन् ।














