तीन वर्षीया बालिका करणी आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ
भतिजी नाता पर्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए ।
पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ । बालिकाको आमा दिएको जाहेरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।
पीडित र पीडकबीच हाडनाता पर्ने भएकाले प्रहरीले पीडकको विस्तृत जानकारी सार्वजनिक गरेको छैन । पीडकले छिमेकमा रहेकी बालिकालाई घरैमा बोलाएर ललाइफकाइ यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ । ‘पीडकको यौनजन्य क्रियाकलाप जबरजस्ती करणीको भाषा भित्र पर्छ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।










