साफ च्याम्पियनसिपको पूर्व तयारी : संघर्षपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित
काठमाडौं । साफ च्याम्पियनसिपका लागि पूर्व तयारी स्वरुप फिलिपिन्ससँगको खेलमा नेपाल पराजित भएको छ ।
बिहीबार फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशामलामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली फिलिपिन्ससँग पाहुना टोली नेपाल १–० ले पराजित भएको छ ।
४९ औं मिनेटमा फिलिपिन्सले नेपालको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै अग्रता लिएको थियो । जाभिएर गायोसोले गरेको सोही एक गोल निर्णायक बनेको थियो ।
संघर्षपूर्ण पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुवातमा नै गोल खाएपनि नेपालले निकै कडा टक्कर दिदैं खेलमा फर्किने प्रयास गरेको थियो । तर नेपालले घरेलु टोलीविरुद्ध गोल गर्ने धेरै अवसर चुकाएको थियो ।

नेपाली टोली भोलि शुक्रबार साफ च्याम्पियनसिपका लागि भारत बैग्लोर प्रस्थान गर्ने कार्यक्रम छ । बैंग्लोरमा असार ६ देखि १९ गते सम्म हुने साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारत र आमन्त्रित कुवेतसहित पाकिस्तान रहेको समूह ‘ए’मा छ । नेपालले उद्घाटन दिनको खेलमा नै असार ६ गते आमन्त्रित शक्तिशाली टोली कुवेतसँग खेल्नेछ ।















