दृष्टिविहीन युवा तथा बालबालिकालाई क्रिकेट प्रशिक्षण सञ्चालन
काठमाडौं । नेपाल नेत्रहिन क्रिकेट संघले क्रिकेटको विकासमा बिभिन्न रचनात्मक कार्यलाई निरन्तरता दिन थालेको छ ।
पोखरा र काठमाडौंमा खेलिएको भारतसंगको द्विदेशीय महिला क्रिकेट श्रृंखलामा जित हात पारेपछि उत्साहित भएको नेत्रहिन क्रिकेट संघले विजेता नेपाली महिला टोलीका खेलाडीहरुालाई नगद पुरस्कारले सम्मान पनि गरेको थिये ।
यसैबीच संघले देशभर छरिएर रहेका करिव सोह्र हजार भन्दा बढी दृष्टिविहीन युवा तथा बालबालिकाहरु माझ क्रिकेट खेलको विकास गरी उनीहरुको पुर्नस्थापना र सशक्तीकरण गर्न तथा उनीहरुमा निहित प्रतिभालाई समाजमा प्रस्फुटन गराउने उद्देश्यले बिभिन्न कार्यक्रमको थालनी गरेको छ । संघले स्थापन कालदेखि नै गर्दै आएको विभिन्न तालिम, जनचेतना मुलक कार्यक्रम तथा पैरवीलाई निरन्तरता दिएको छ ।
यसै क्रममा संघले यस बर्ष ९ बटा जिल्लामा आफ्नो कार्यक्रमलाई विस्तार गर्ने योजना तथा कार्यक्रम अनुरुप सिन्धुपाल्चोक जिल्लाको चौतारा, श्री वनदेवी मा. विमा दृष्टिविहीन युवा तथा बालबालिकाहरुलाई क्रिकेट तालिम सञ्चालन गरेको छ । यस तालिममा दृष्टिविहीन राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीद्वय विमला राई तथा गीता पौडलले प्रशिक्षकको भुमिका निभाई रहेका छन् ।














