मन्त्रिपरिषद्को  बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना

Prachanda_cabinet
12

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकले प्रधानमन्त्री कार्यालयका नयाँ मुख्य सचिव नियुक्ति गर्ने तयारी गरेको छ ।

बैठक बिहान साँढे ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै छ ।



आजको बैठकमा प्रधानमन्त्रीले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको कार्यकाल सकिन लागेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरेको छ । आजै अर्याललाई मुख्यसचिव नियुक्त गर्ने सम्भावना बलियो देखिएको स्रोतको भनाई छ ।

मुख्यसचिव वैरागीको कार्यकाल आगामी असोज मसान्त सम्म रहेको छ । त्यसैले उनको कार्यकाल सकिनु अगावै सरकारले नयाँ मुख्यसचिव नियुक्ति गर्नुपर्ने हुनाले आजै अर्याललाई नियुक्त गर्ने सम्भावना बलियो देखिएको छ । 

बिहान बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारी गरिएको र सोबारे छलफल हुने बताईए पनि आजको बैठक आकस्मिक नभएर मंगलबार नै निर्धारित बैठक भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 



उनल भने,‘बैठक आकस्मिक हैन्,अघिल्लो बैठकको निरन्तरता हो।बैठकको एजेन्डाबारेमा पहिलेनै मन्त्रीहरुलाई प्रधानमन्त्रीले जानकारी गराईसक्नु भएको छ।’

Support Nepali Journalism

Author