बिरामी पठाउने जुम्लाले अब देशभर डाक्टर पठाउँछ
दिलमाया शाही
जसको उदाहरण हो, जुम्ला खलंगामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जहाँ सेतोकोट लगाएका मानिस हिँड्ने गर्दछन् । जुम्लाले अब सेतो हिउँमा सेतै एप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना पूरा गरेको छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि २० कोटा छुट्याइएकोमा १९ जना भर्ना भएको छन् भने बी फर्ममा २० कोटा निर्धारण भएको ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएस तर्फ आठ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् ।
हेलिकोप्टरबाट आइतबार बिहान ११ः२० बजे जुम्ला आइपुगेकी राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गरेकी छन् ।
योसँगै अब विगतमा डाक्टर खोजीखोजी उपचार गर्ने कर्णालीका नागरिकले सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्ने अवसर पाउने भएका छन् । यसअघि रोगी बिरामी पठाउने जुम्लाले अब देशभर उपचारका लागि डाक्टर पठाउने हैसियदमा आफूलाई उभ्याउने बाटोमा हिँडेको छ ।
न्युज कारखाना















