८ सयले घट्यो सुनको मूल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ८ सय रुपैयाँले घटेर आएको हो ।
हिजो सोमबार १ लाख १० हजारमा कारोवार भएको सुन ८ सयले घटेर आज १ लाख ९ हजार २ सय रुपैयाँमा कारोवार भईरहेको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि घटेर १ लाख ८ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ७५ रुपैयाँ कायम थियो ।