नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको नेपाल बन्द फिर्ता
काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले गरेको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ ।
नाउपाले भोलि जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको हो ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको भन्दै नाउपाले बन्द फिर्ता लिएको जनाएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै बन्दका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।