नीति तथा कार्यक्रम, सुन्दा राम्रो कार्यान्वयनमा शंका : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले, सरकारको नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयनमा आशंका गर्ने ठाउँ रहेको टिप्पणी गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग उनले भने, ‘ नीति तथा कार्यक्रम सुन्दा कर्ण प्रिय छ । असाध्यै राम्रो सुनिन्छ । यसअघि जस्तै कार्यक्रममा कार्यान्वयनमा प्रस्टता देखिएन ।’
संसद्मा छलफलका क्रममा कानुन संशोधन र कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने उनको भनाई छ ।