संसदको वर्षे अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषदको आजको बैठकले आउँदो आइतबारदेखि बजेट आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले २४ गते आइतबार अपरान्ह ४ बजे संसद बैठक आह्वान गरेका हुन् ।
प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा पनि उल्लेख गरिएको छ ।
बर्षे अधिवेशनको रुपमा रहने यो अधिवेशलने आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पारित गर्ने छ । संविधान अनुसार हरेक वर्षको जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नु पर्ने व्यवस्था छ । बजेट अगाडि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने छन् ।