जसैगरी आयोग्य लडाकुलाई पैसा दिन्छौं : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने बताएका छन् ।
चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने प्रष्ट पारेका हुन् ।
उनले एकै पटक २ लाख रुपैयाँ दिन नसकिने अवस्था रहेको तर्फ संकेत गर्दै किस्ताबन्दीमा लडाकुलाई रकम दिइने बताए ।
माओवादी अयोग्य लडाकुलाई आर्थिक सहयोग गर्ने निर्णय वर्तमान सरकारले नगरेको दाबी गर्दै उनले एमालेका विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्ति मन्त्री हुँदा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागेको बताए ।
तर, उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएकोमा प्रधानमन्त्री प्रचण्डको आपत्ति थियो ।