ढाकाकुमार श्रेष्ठ निष्कासित, कंसाकारलाई सांसद बनाउन निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ ।
२ कराेड अडियाे काण्डमा उनकाे नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको हाे ।
पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।