मेयर बालेनविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । सुकुम्बासीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघरमा जम्मा भएका सुकुम्बासीहरुले संविधान र कानुन विपरित आफूहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध प्रदर्शन गरिएको हो ।
उनीहरुले काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रर्दशन गरेका थिए ।
मेयर साह आफूहरुलाई उठिबास लगाउने काममा लागेपछि त्यसको विरोधमा प्रर्दशनलाई निरन्तरता दिएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।














