के उपहार दिऊ तिमिलाई सोच्दै…
के उपहार दिऊ तिमिलाई सोच्दै छु मैले
बोलाउँछु मैले खुसी मन लिएर आउँ तिमिले
त्यो पहिरनमा अझै सुन्दर देखिएकी छौ
सधैँ भरि हासी खुसी जीवन चलाएकी छौ
त्यो साझ केही कुरा भयो होला साथी सँग
प्रीतको साइनो जोडेको छु मन सँग
आएको छु म तिमि सँग भेट्न भनी
मन भित्रका कुरा तिमि सँग गरौँ भनी
यो गाउँ, यो ठाउँमा मन खुसी छ मेरो
मन खुसी हुनुका कारण भन्दछु सबै मेरो
याद आएर बोलाएको छु यो समयमा
उपहार दिन भनेर बोलाएको छु यो समयमा
नाम :गोबिन्द राज ओझा (राजन)
ठेगाना:दिपायल सिलगढी न.पा.२ दिपायल डोटी














