सेना दिवस : एमाले अध्यक्ष केपी ओलीको गीतमा विद्यार्थीको प्रस्तुति
काठमाडौं । सेना दिवसको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्षले लेखेको गीतमा प्रस्तुति दिएका छन् ।
काठमाडौं उपत्यका विभिन्न नौ विद्यालयका कक्षा ८,९र १० मा अध्ययनरत छात्र,छात्राले एमाले अध्यक्ष केपी ओलीद्वारा लिखित ‘म मेरो देश बनाउँछु’ बोलको एरोविक प्रस्तुत गरेका हुन् ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित सो गीतमा अमुल कार्कीको संगीत छ ।