देउवालाई विपक्षी दलको नेता तोक्ने संसद सचिवालयको निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ ।
देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्धको रिटमा सुनुवाई गर्दै बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दावी सहित रिट हालेका थिए ।