प्रधानमन्त्री प्रचण्ड र युएसएआईडी प्रमुख पावरबीच भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग -युएसएआईडी प्रमुख प्रशासक सामन्था पावरबीच भेटवार्ता भएको छ।
प्रमुख सामन्थाले बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी हुन् ।
भेटमा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।