निर्वाचनपछि पहिलो बैठक बस्दै : एमाले
काठमाडौं । नेकपा एमाले निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
एमालेले यही २९ माघदेखि १ फागुनसम्म दुई दिन बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसअघि आउँदो बिहीबार २६ माघमा सचिवालय बैठक बोलाएको छ ।
सो बैठकले निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे मुख्य अजेन्डा बनाउने तयारि गरेको छ ।