रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनमन्त्रीको राजीनामा स्वीकृत भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राजीनामापछि रिक्त भएको शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख छ ।
रास्वपाले सरकारमाथिको समर्थन भने कायमै राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।