नेविसंघका दुई समुहबीच कमर्श क्याम्पस मिनभवनमा झडप
काठमाडौं । मिनभवनमा रहेको नेपाल कमर्श क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका दुई समूहबीच झडप भएको छ ।
शेखर समूहका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा संस्थापन पक्षका विद्यार्थी आएर अवरोध गरेपछि झडप सुरु भएको बताइएको छ ।
११ बजे भेला आयोजना गरेका शेखर समहुका विद्यार्थीलाई रोक्न देउवा समुहका विद्यार्थीले बल प्रयोग गरेपछि झडपको अवस्था बनेको सो शेखर समुहका एक नेताले बताए ।
झडप पछि क्याम्पस परिसरमा प्रहरी परिचालन गरिएको थियो ।