आदिवासी जनजातीहरु राज्यका विभिन्न निकायहरुमा समावेसी प्रतिनिधित्वमा छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातीहरु राज्यका विभिन्न निकायहरुमा समावेसी प्रतिनिधित्वमा पुगेको बताएका छन् ।
आदिवासी जनजाति आयोगको दोश्रो स्थापना दिवस ‘आदिवासी जनजाति अध्ययन’ सार्वजनिकीकरण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उनले समाजको प्रतिनिधित्व राज्यका सवै अंगमा सहि ढङ्गगले हुन सके नेपालको राष्ट्रिय एकता मजवुत हुने बताए ।
‘नेपाली समाज वहुजातीय, वहुभाषिक, वहुसास्कृतिक, वहुभौगोलिक विविधता समाज छ । यो समाजको प्रतिनिधित्व राज्यका सवै अंगमा सहि ढङ्गगले हुन सके नेपालको राष्ट्रिय एकता मजवुत हुन सक्छ हामी विकासलाई गति दिन सक्छौ । ’
सविधान सभावाट सविधान र सघिय लोकतान्त्रीक गणतन्त्रको संविधान वनाउदै गर्दा आयोगको वारेमा वहस भएको थियो । अन्तत आदिवासी जनजाती आयोग,महिला आयोग, थारु आयोग, मदेशी आयोग गठन भएको उनको दावि छ ।