विपी कोईरालाको क्याबिनेटमा नेपालको पहिलो महिला मन्त्री हुनु स्वभाविक हो : कोईराला
काठमाडौं । अभिनेत्रि मनिषा कोईराले विपी कोईरालाको क्याबिनेटमा नेपालको पहिलो महिला मन्त्री हुनु स्वभाविक लागेको बताईन् ।
शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित रतन भण्डारीद्वारा लिखित नेपालकी पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोईराला परिवारमा जातिय, लिङ्गीय भेदभाव नहुँने हुँदा विपी क्याबिनेटमा नेपालको पहिलो महिला मन्त्री हुनु अनौठो नभएको बताएकी हुन् ।
‘‘समाजको विकृतिको वारेमा हेर्दा छोरालाई बढि छोरीलाई कम मायाँ गर्ने र जातिय वर्गियको कुराहरु म कोईराला परिवारमा हुर्केर कहिले पनि अनुभब नैं गरीन । विपी बालाई फर्मल्ली नबुझेको भएपनि परिवारमा प्राकृतिक रुपमा बुझेको थिए त्यसैले उहाँको क्याविनेटमा नेपालको पहिलो महिला मन्त्री हुनु मलाई अनौठो लागेन मलाई स्वभाविक नै लाग्यो ’’
रतन भण्डारी द्धारा लिखित नेपालकी पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी पुस्तक लोकार्पणको टिमलमई शुभकामना दिर्दै कोईरालाले विपी कोईरालालार्ई र उनले देशमा पु¥याएको योगदानलाई धेरै सम्झने गरेको बताईन् ।