नैतिकता बन्धकी राखी : भोजबहादुर बलायर
नैतिकता बन्धकी राखी,
किनेको बाँझो खेत,
जहाँ रगतको कुलो लाग्थ्यो,
सिउडी र बनमाराका बिजहरु उम्रन्थे,
गोली र बमका बालीहरु पाक्थे,
पलासका फूलहरु फुल्थे,
भ्यागुताहरु रगतको बर्षा गराउन,
टवार टवार गर्थे,
त्यही आज,
सोझा जुनकीरीहरु,
गहभरी आँशु लुकाई,
टिलपिल टिलपिल गर्दै,
डीलका बुखेचाहरुलाई,
प्रकास दिन विवश हुदै,
बुखेचासंगै बिलय हुन बाध्यकारी भए पछि,
सम्भावनाका दीपहरुले,
जिस्काउदै भन्छ,
थुक्क तेरो स्वाभिमान
आज कुलेसोमा पानी फेरिएकोछ,
बालीको नाम फेरिएकोछ,
तर सखा,
मूहान फेरिन नसक्दा,
बनमाराहरु उम्री रहेका छन,
स्वार्थका बीज सप्री रहेका छन,
स्वाभिमानका बुटाहरु प्रतिपल,
निमोठिदै,
ठूटा बनि रहेका छन,
निष्टा, आदर्श र सिध्दान्तका पातहरु,
झरी रहेकाछन,
अनि ईमानका गह्रामा फलेका,
सम्भावनाका वालीहरुले,
जिस्काउदै भन्छ,
थुक्क तेरो स्वाभिमान