रवि लामिछानेको पद गयो, कानुन मिचेकोमा कारवाही के हुन्छ ?

Getting your Trinity Audio player ready...
|
काठमाडौं / रवि लामिछानेले हाल प्रयोग गरेको नेपाली नागरिकतालाई सर्वोच्चले अवैद ठहर गरिदिएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा रहेको न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हको संवैधानिक इजलासले शुक्रवार यस्तो ठहर गरेको हो।
विदेशको नागरिकता दिए पछि नेपालको नागरिकता स्वत निश्क्रिय हुने नेपालको कानुनी प्रावधान छ।
विदेशको नागरिकता त्यागेर नेपालमा बसोबास गर्न थालेमा निश्क्रिय नागरिकता सक्रिय हुन्छ तर त्यसका लागि पुन प्राप्ति गर्नु पर्ने कानुनी व्यवस्था छ।
अमेरिकी नागरिकता लिएका रविले पुन:प्राप्तिको प्रक्रिया पुरा गरेका थिएनन्। सोही विषयमा उजुरी परेको थियो । जसमा सर्वोच्चको सैवैधानिक इजालसले फैसला गर्यो।
तर अदालतलको संक्षिप्त फैसलामा रविले हाल प्रयोग गरेको नागरिकतालाई अवैध भने पनि थप कानुनी सजायको बारेमा मौन छ।
रविले अमेरिकी नागरिकता र पासपोर्ट लिए पछि पनि नेपाली पासपोर्ट दिएको सार्वजनिक भएको छ। नेपाली कानुन अनुसार दोहोरो पासपोर्ट अवैध हो।
कानुनका जानकारहरु पुर्णपाठमा यसबारेमा उल्लेख हुन सक्ने बताउछन्। सबै कुरा संक्षिप्त फैसलामा नआउन सक्छ, त्यसका लागि पूर्णपाठ कुर्नु पर्छ।
रविको बारेमा अदालतको संक्षिप्त फैसला यस्तो छ।