अनागरिकले के गर्छ मलाई नै थाहा छैन् : रवि लामिछने
काठमाडौं / ३२ दिनमा पद खारेजीमा परेका उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफु अनागरिक भएको प्रतिक्रिया दिएका छन्।
सर्वोच्च अदालतको शुक्रवारको फैसला पछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सञ्चारकर्मी सँगको कुराकानीमा लामिछानेले फैसलालाई स्वीकार र स्वागत गर्ने तर अव के गर्ने भन्नेमा अहिले बताउन नसक्ने प्रतिक्रिया दिए।
फैसला पछि मन्त्रालयबाट बाहिरिने क्रममा उनले अदालत भन्दा ठूलो केही नभएको बताए । उदास देखिएका उनले थप प्रश्न नसोधन्न भने। ‘म अहिले कुनै पनि हैसियतमा छैन । अनागरिक भएको छु । अहिले थप प्रश्न नसोध्नुस् । यतिबेला मेरो कुनै परिचय छैन । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’
उनले भनेका थिए, ‘थाहा छैन मलाई, एउटा अनागरिकले के गर्छ मैले बुझेकै छैन। म अब केही पनि होइन, कहिँको पनि होइन। मसँग कुनै जवाफ नै छैन, परिचय नभएको अनागरिक हुँ म।’
सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग भएको नागरिकता अवैध भएको ठहर गरेको थियो।
नेपालको कानुनमा विदेशको नागरिकता लिएका नेपालको नागरिकता स्वत निश्क्रिय हुन्छ। तर विदेशको नागरिकता त्यागेर पुन नेपालमा नै स्थायी बसोबास गरेमा निश्क्रिय नागरिकता स्वत सक्रिय हुन्छ। त्यसका लागि पुन:प्राप्तिको गृह प्रशासनमा गएर प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ।
लामिछानले पुन:प्राप्तिको प्रक्रियामा नगई निश्कृय नागरिकता नै प्रयोग गर्दै आएका थिए। सोही नागरिकता देखाएर उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुका साथै चितवन -२ बाट सांसद पदमा निर्वाचित भएका थिए।
पुस ११ मा उनी उपप्रधान तथा गृहमन्त्री भएका थिए।
तर नागरिकता अवैध भएसँगै उनको पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत उत्प्रेषणको आदेशले बदर गरेको थियो।
यसै बीच लामिछानेले पदबाट राजीमानामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन्।
रवि लामिछानेको पद गयो, कानुन मिचेकोमा कारवाही के हुन्छ ?
रवि लामिछानेले नागरिकता पुन: प्राप्ति नगरेको सर्वोच्चको ठहर, उपप्रधानमन्त्री र सांसद पद पनि खारेज