रियललाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कप
साउदी अरेबिया । चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारेको छ । रियललाई ३–१ गोलले हराउँदै जाभीले म्यानेजरको रूपमा पहिलो उपाधि हासिल गरेका हुन् ।
बार्सिलोनालाई उपाधि दिलाउन गाभी, रोवर्ट लेवान्डोस्की र पेड्रीले एक-एक गोल गरे । रियलका लागि करिम बेन्जेमाले एक गोल फर्काए ।
गाभीले ३३ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए भने लेवान्डोस्कीले ४५ औँ तथा पेड्रीले ६९ औँ मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए । रियलका बेन्जेमाले भने दोस्रो हाफको अतिरिक्त समयमा एक गोल फर्काए ।











