बस्ती बचाएर आफै बिलाए चालक दलका समूह
पोखरा । यति एयरको विमान दुर्घटनाग्रस्त हुँदा ठूलो मानवीय क्षति भएको छ । पोखरा -१५ नयाँ गाउँ सेतीको खोंचमा यती एयरलाइन्सको एएनसी एटीआर जहाज दुर्घटना भएको हो ।
काठमाडौँबाट बिहान १० बजेर ३२ मिनेट जादा ७२ जना यात्रु लिएर पोखराका लागि उडेको विमान बिहान १० बजेर ५० मिनेटसम्म सम्पर्कमा भएको नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।
पोखरा महानगरपालिकाभित्र नै दुर्घटना भएको हुँदा मानविय खोज तथा उध्दारका लागि छिट्टै जुट्न सकेको नागरिक उड्यान प्राधिकरणको विज्ञप्तिमा जनाइएको छ ।
गन्तब्यमा पुग्नै लाग्दा विमान दुर्घटना भएका घटना यति एयर लाइन्सका लागि पनि यो पहिलो होइन । २००४ देखि हालसम्म ६ वटा विमान दुर्घटना भएको नागरिक उड्यान प्राधिकरणको तथ्याङ्कमा छ ।
पोखरा -१५ नयाँ गाउँ सेतीको खोंचमा दुर्घटना भएको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको प्रविधिक अनुसन्धान हुन बाँकी छ । यद्यपि चालक दलका सदस्य अनुभवि र पोखराको मौसम पनि उपयूक्त भएको अवस्थामा यति दुखद घटना हुनुले पुरै पोखरा नै शोकमय देखिन्छ ।
पोखराका स्थानीय डा अनिल सुवेदीका अनुसार डुंगे साँघु एसओएस लगायतको घना बस्ती जोगाउदै नदीको खोंचमा बिमान पुराएको स्थानियले बिश्वास गरेका छन् ।
आफ्नै आँखा अगाडी विमान असन्तुलन हुदै गर्दा पनि नदीको खोंचतिर मोडिएको देखेका थिए । आफै बिलाएर पनि बस्ती बचाउने चालक दलप्रति दिनभरि नै पोखरा स्तब्ध रह्यो ।
नयाँ विमानस्थलमा विमान ल्याण्ड गर्ने प्रयाश गरे पनि पुरानै एर्पोट तर्फ जाने क्रममा विमान दुर्घटना भएको अनुमान छ ।