अमेरिकी क्लब बीवाईएसी आहारारा गोल्डकपको फाइनलमा, संकट क्लबसंग फाइनलमा भिड्ने
|
Getting your Trinity Audio player ready...
|
पोखरा । अमेरिकाबाट मोफसलको सबैभन्दा ठुलो धनराशीको फुटबल खेल्नकै लागि नेपाल आएको भुटानी युथ स्पोर्टस् क्लब, अमेरिका (बीवाईएसी) पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा चर्च ब्वाइज युनाईटेडलाई सेमिफाइनल खेलमा हराउँदै बीवाईएसी फाइनल पुगेको हो । बीवाईएसीको जितमा रोजिन प्रजापतिले गोल गरे । उनले पहिलो हाफको खेलमा थपिएको ३ मिनेटको इन्जुरी समयमा गोल गरे ।
प्रवीण बस्नेतको प्रहार गोलरक्षकले बचाएपछि फर्किएको बलमा हेडर गर्दै प्रजापतिले गोल गरेका थिए ।
बीवाईएसीले चर्चलाई हराउँदै संकटा क्लबसँग फाइनल खेल्ने भएको छ । संकटा पहिलो सेमिफाइनलको खेलमा विभागीय टोली नेपाल एपीएफलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
भुटानी युथ स्पोर्टस् बीवाईएसीको प्रतियोगितामा यो दोस्रो सहभागिता हो ।
बीवाईएसी अघिल्लो संस्करणको क्वाटरफाइनलबाटै बाहिरिएको भए पनि अहिले लयमा देखिन्छ । टोली पोखरा आउनुअघि झापाका दुई प्रतियोगितामा भाग लिइसकेको थियो ।
बीवाईएसी अघिल्लो संस्करणको क्वार्टरफाइनलबाटै बाहिरिएको भए पनि अहिले लयमा देखिन्छ ।
बीवाईएसीले प्रतियोगितामा बाई पाएर क्वार्टरफाइनल खेलेको थियो । क्वार्टरफाइनलमा बीवाईएसीले प्रतियोगिताको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।
अमेरिकामा वर्षभरि ४ वटा प्रतियोगिता खेलिरहने टोलीलाई नेपालका पूर्वप्रशिक्षक प्रदीप हुमागाईंले नेतृत्व गरेका छन् ।












