धुम्बाराहीमा यस्तो छ देउवाको दैनिकी

Getting your Trinity Audio player ready...
|
काठमाण्डौं । आफ्नै नेतृत्वमा भएको निर्वाचनमा सबै भन्दा ठूलो दल भयो नेपाली काँग्रेस । पार्टी सभापति देउवा आफै संसदीय दलको नेता पनि चयन भए । धेरैको अनुमान थियो उनी पून प्रधानमन्त्री हुन्छन् । नभनेको गर्ने स्वभाव भएका प्रचण्ड अनपेक्षित रुपमा प्रधानमन्त्री भए ।
अन्तत देउवा जिल्लिए । नेपाली काँग्रेस पार्टी भित्र आलोचना र सद्भाव दुबै बटुलेका देउवा न बालुवाटार न बूढानीलकण्ठ भएका छन् । उनी धुम्बाराहीस्थित भाडाको घरमा छन् ।
बूढानीलकण्ठस्थित निजी घरमा मर्मत चलिरहेकाले धुम्बाराही सरेका देउवाको दैनिकी यस्तो छ ।
निवासमा नेता कार्यकर्ताको भिड उस्तै छ।
बिहानैदेखि देउवालाई भेट्न कुरिरहेका कांग्रेसका दर्जनौँ नेता कार्यकर्ता बसिरहेका हुन्छन् । बुधबार देउवा निवासमा डा. शशांक कोइराला, दिलेन्द्र बडू, डा. प्रकाशशरण महत, सुनिल थापा, रमेश लेखकसहितका शीर्ष नेता बिहानै जम्मा भइसकेका थिए। त्यस्तै अर्का शीर्ष नेता डा. शेखर कोइराला पनि निवासमा नै देखिएका थिए ।
अर्कातिर जिल्ला जिल्लाबाट आएका कांग्रेसका कार्यकर्ताहरु पनि देउवालाई भेट्न प्रतिक्षारत थिए।
देउवा सत्तामा हुँदा बालुवाटारमा लाग्ने गरेको भिड अहिले धुम्बाराही सरेको छ। देउवाले नेता कार्यकर्तालाई बस्न सहज हुने गरी ठूलो क्षेत्र भएको घर भाडामा लिएका छन्।
पार्टीभित्र मात्र होइन अन्य दलका नेताहरुको पनि देउवा निवासमा बाक्लो उपस्थिति देखिन्छ । बिहानको समय निवासमा पार्टीभित्रका सँग भेटघाट भएको र मघ्यान अन्य दलका नेताहरासँग हुने गरेको देउवाको सचिवालयले जनाएको छ । यसै क्रममा देउवासँग बिहिवार जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले भेटेका थिए । यसैगरी माओवादी केन्द्रका जनार्दन शर्मालगायतकासँग भेटघाट गरेका गरेका छन् ।
प्रधानमन्त्री दाहालले विश्वसको मत लिने मिति नजिकिए सँगै देउवालाई भेट्नेको संख्या बढेको अनुमान गरिएको छ ।