आगामी ३ दिन नेपालमा अत्यधिक चिसो बढ्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । नेपालको मौसम विभागले आगामी ३ दिन अत्यधिक चिसो बढ्न सक्ने भन्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न सुझाव दिएको छ । विभागका विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।
जलवायु तथा विपद् विज्ञ डा.धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे ।
उनले अबका केही दिनमा चिसो अत्याधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए ।
पश्चिम बंगालमा सिर्जना भएको न्युन चापिय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि जनाइएको छ ।
चिसोको समयमा श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरुमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने गर्छ ।
नेपालमा जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने गरेको छ ।
चिसो हावा तल आइरहेकाले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा लगभग सितलहरकै अवस्था रहन्छ । चिसो अझै बढ्नेछ । अरब सागरमा एक खालको न्युन चापीय अवस्था भयो, जसले हावाको आद्र्रतासहितको हावा बहेर उत्तरतिर धकेलिँदा त्यसले पनि तुँवालोको फर्मिसन गर्छ ।
पश्चिम बंगालमा केही समयअघि मात्रै एक खालको न्युन चापीय अवस्था सिर्जना भएको थियो । पश्चिमी वायुको प्रभाव परेका कारण पनि तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात अवस्था बढेको छ ।
अहिले न्युनतम तापक्रम घट्दै जाँदा चिसो र सितलहर बढाउने भएकाले जनवरी ४ सम्म देशको पश्चिमी भागमा यसको असर पर्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । तापक्रममा हुने परिवर्तन र वायुमण्डलमा हुने परिवर्तनका कारण विश्वको तापक्रमलाई असर गर्ने भन्दै नेपालले पनि चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउनु जरुरी रहेको उनीहरुले चेतावनी दिएका छन् ।

















