नेपाली युवा इन्जिनियर ‘शिशिर’ बने अमेरिकामा बडीविल्डिङ च्याम्पियन
न्यूयोर्क,अमेरिका । नेपाली युवा इन्जिनियर शिशिर राना अमेरिकामा प्रतिष्ठित बडीविल्डिङ (शारीरिक सुगठन) च्याम्पियनन बनेका छन् ।
अमेरिकी शारीरिक सुगठनको आधिकारिक निकाय नेश्नल फिजिक कमिटीको आयोजनामा डिसेम्बर पहिलो साता फ्लोरिडामा भएको एनपीसी युएसए नेसनल च्याम्पिनसिपमा शिशिरले यो सफलता हात पारेका हुन्।
शिशिरले एक सय ४३ दशमलव ५ पाउण्ड तौल समुह (वेन्टम वेट) मा प्रतिस्पर्धा गरेका थिए। उनले सहभागि १३ जनालाई पछाडि पारेका हुन्।

टाइटल सँगै शिशिरले इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) प्रो कार्ड पनि प्राप्त गरेका छन्। अमेरिकामा यो सफलता प्राप्त गर्ने उनी पहिलो नेपाली बनेका छन् ।
यो कार्ड प्राप्त गरे सँगै अब शिशिरले आईएफबीबी प्रो सो खेल्न पाउनेछन् । प्रो सोको टाइटल जित्ने खेलाडीले मिस्टर ओलम्पियामा खेल्न पाउन । मिस्टर ओलम्पिया बडीविल्डिङमा विश्वकै बृहत प्रतियोगिता हो।

सन् २०१४ मा अमेरिका पाइला टेकेका २५ वर्षीया शिशिरले सात वर्षको महेनत पछि यो सफलता पाएका हुन्। उनी अमेरिकीको राज्यस्तरीय प्रतियोगिता जित्दै नेश्नलमा पुगेका हुन् ।
सामन्यतया प्रो कार्ड प्राप्त गर्न कम्तिमा १० देखि १५ वर्षको नियमित अभ्यास जरुरी हुने भएता पनि रानाले निकै छोटो समयमा नै यो सफलता हासिल गरेका हुन ।
समाज टाइम्स सँगको कुराकानीमा शिशिरले फ्लेक्स लुईसको भिडियो हेरेर आफु यस खेलमा लागेको बताए।
‘बाबा पनि करातेमा भएका हुँदा फिटनेशमा पहिलै देखि नै थिए, अमेरिका आए पछि एक्लै भए घरमा भएको बेला फ्लेक्स लुईसको भिडियो हेर्थे, पछि मलाई पनि किन त्यस तर्फ नलाग्ने भन्ने भयो।’ शिशिर कराते प्रशिक्षक सिंहबहादुर रानाका छोरा हुन्।

अमेरिकामा यो सफलता प्राप्त गर्ने पहिलो नेपाली बनेका शिशिरले अब विश्वमा नै त्यस्तो नाम लेखाउने लक्ष्य बनाएका छन्।
‘अब प्रो सो जित्ने हो, त्यस पछि मिस्टर ओलम्पिया जित्ने हो, यो सफलता कुनै नेपालीले पनि पाएको छैन म त्यो नाम लेखाउन चाहान्छु।’ उत्साहित शिशिरले एकै सासमा भावी योजना सुनाए, ‘मशल गेन गर्न २०२३ अफ लिन्छु अनि २०२४मा फेरि प्रतिस्पर्धामा आउछु।’
उनी कम उमेरमा प्रो कार्ड लिने केही सिमित विदेशी च्याम्पियनमा पनि परेका छन् । सात वर्षसम्मको अथक र निरन्तर अनुशासित खानपान र व्यायमले आफुलाई यो स्थानमा पुर्याएको शिशिर बताउँछन् । ‘मैले यो सातवर्षसम्म कुनै पनि पारिवारीक भेटघाट र चाडपर्वमा सामेल हुन सकिन’ उनले भने, ‘मैले पहिलो नेपाली पुरुष प्रो कार्ड होल्डर हुने सपना बोकेर अभ्यासमा होमिएको थिए ।‘
परिवारसँग अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका रानाले कक्षा १० सम्मको अध्ययन काठमाडौंबाटै गरेका थिए । उनी अहिले सिटी युनिभर्सिटी अफ न्युयोर्कमा मेकानिकल इन्जिनियरिङका अन्मतिम वर्षका विद्यार्थी समेत हुन् । उनले यी दुवै क्षेत्रलाई सँग सँगै लैजानका लागि आफुले कडा मेहनत गरिरहेको बताए ।
आइबीबी प्रो कार्ड प्राप्त गरेपछि राना समान कार्ड होल्डरसँग प्रतिस्पर्धाका लागि योग्य भएका छन्, त्यसमा छानिएमा उनले बडिबिल्डिङको उच्च स्थान मिस्टर ओलम्पियाका लागि प्रतिस्पर्धा गर्ने छन् । आफ्नो अबको सपना मिस्टर ओलम्पियामा नेपालको झण्डा फहराउनु रहेको रानाले बताए ।
नेपालमा बाग्लुङ स्थायी घर भएका राना सिंह बहादुर राना र चन्द्रिकादेवी जिरेलका जेष्ठ छोरा हुन । उनका पिता सिंह बहादुर पनि नेपालमा करातेका राष्ट्रिय स्तरका पुर्व खेलाडी हुन ।
फोटो : ह्वाइटम्यान फोटोग्राफी
















