पार्टीभित्र रहेको गुटको सत्तालिप्साले सबै गुम्योः कोइराला समुह
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । नेपाली कांग्रेस भित्र रहेको शेखर कोइराला-गगन थापा समुहले सभापति शेरबहादुर देउवा सहितको गुटको सत्ता लिप्साका कारण सबै गुमेको निष्कर्ष निकालेको छ ।
बुधबार काठमाडौंमा बसेको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।
‘सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ ।’
कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित थिए ।
सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री दाहाल देउवासँग सरकार गठनबारे सहमति हुन नसकेपछि केपी ओलीसँग सहमति गर्न बालकोट पुगेका थिए ।















