प्रधानमन्त्री प्रचण्ड र नेता नेपालबीच भेटवार्ता, सरकारमा सहभागिताका विषयमा छलफल
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
ललितपुर । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।
यसअघि मंगलबार बेलुका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
एमाले अध्यक्ष ओली समेत नेता नेपालको पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने पक्षमा देखिएपछि नेताहरुबीच चरणगत भेटवार्ता भइरहेका छन् ।















