जनसम्पर्क समिति बेलायतमा एकैपटक चार सभापति छानिए

Getting your Trinity Audio player ready...
|
उनीहरुको कार्यकाल चक्रीय प्रणालीमा एक-एक वर्ष हुने निर्वाचन समितिले जनाएको छ ।
लन्डन साउथ ह्यारोमा भएको समितिको पाँचौ अधिवेशनले उम्मेदवारको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोस्राे वर्ष, कोपिला वनेम लिम्बु तेस्राे वर्ष र युवराज सिंह चौथो वर्ष सभापति हुने गरी निर्वाचित गरिएकाे निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट रितेशराज पाण्डे वरिष्ठ उपसभापति चयन भएका छन् भने उपसभापतिमा पाँच जना रिचर्ड गुरुङ, नवराज कार्की, प्रवेश केसी, राज सिटौला र सुवास राई चुनिए ।
यसअघि सभापति पदमै उम्मेदवारी घोषणा गरेका रिचर्ड गुरुङ सहमति निर्माणका लागि त्याग गर्न तयार भएपछि उनलाई उपसभापतिको जिम्मेवारी दिइएको हो ।
महामन्त्रीमा पनि पाँच जना चुनिएका छन् । जसमा रेशम बस्याल, कुश बस्नेत, रोमियन चेमजोङ, नोर्बु शेर्पा र इन्द्रहाङ लिङ्देन छन् । सहमहामन्त्रीमा रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, सन्जिव राई, उमिरा (उषा) राई, सन्तोषकुमार सुवेदी र रोहित राई चुनिएका छन् ।
सदस्यमा लिलाधर पौडेल, प्रमिला तिवारी भट्टराई, भिमराज राई, बाग्बीर पुन, जंग पुन, विज्ञान प्रसाईं, देवराज राई, किरण राई, बाबुराम भुषाल र पूर्णकुमार मादेन छानिएका समितिले जनाएको छ ।
अधिवेशनले काठमाडौँमा हुन गइरहेको कांग्रेसको १४औँ महाधिवेशनका लागि प्रतिनिधि पनि चयन गरेको छ ।
बेलायतबाट छानिएका १४ जना महाधिवेशन प्रतिनिधिमा विश्वआदर्श पण्डित, कोपिला वनेम लिम्बु, विज्ञान प्रसाईं, केशबहादुर गुरुङ, इन्द्रहाङ लिङ्देन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेख चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेम्वाङ र योगेन क्षेत्री छन् ।