कांग्रेस महाधिवेशन : जनसम्पर्क समितिमा कडाई, नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण देखाउन पर्ने
अमेरिका । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा भाग लिन जाने जनसम्पर्क समितिका प्रतिनिधिहरुले आफुले नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण अनिवार्य देखाउन पर्ने भएको छ ।
विभिन्न देशमा बसोवास गर्ने नेपालीले विदेशी नागरिकता लिए पछि पनि जनसम्पर्क समिति मार्फत कांग्रेस महाधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिने गरेको भन्ने गुनासा आएको भन्दै निर्वाचन समितिले विदेशी नागरिकता लिएकाको हकमा कडाई गरेको छ ।
पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्ट भएका व्यक्ति नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन पाउने छैनन् ।
नेपालमा प्रतिनिधि भएर भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश गर्नु पर्ने निर्देशन जारी गरिएको छ । यद्यपी विदेशी नागरिकता लिएका तर नेपालबाटै महाधिवेशन प्रतिनिधि भएकाहरुका हकमा भने निर्वाचन समिति माैन रहेको छ ।
विषेशत यूरोप अमेरिकामा स्थायी बसोवास गर्दै आएका केही व्यक्ति नेपालबाट नै कांग्रेस महाधिवेशन प्रतिनिधि बनेको आशंक समेत गरिएको छ । अमेरिकाको नागरिकता वा पासपोर्ट लिदा नेपालको नागरिकता त्याग्न पर्दैन ।
कांग्रेस निर्वाचन समितिको पत्र