कांग्रेस संसदीय दलको अन्तिम नामावली, देउवा र गगन प्रतिस्पर्धी
काठमाडौँ । नेपाली काग्रेसको संसदीय दलका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा भिड्ने पक्का भएको छ।
निर्वाचन समितिले अब दलको नेता छान्न बुधबार बिहान सिंहदरबारमा निर्वाचन गर्नेछ। कांग्रेसमा दलको नेता छान्न मंसिर ४ मा निर्वाचित भएका प्रत्यक्ष र समानुपातिकसहित ८९ सांसदले मतदान गर्नेछन्।
निर्वाचन समिति संयोजक एवम् सहमहामन्त्री भीष्मराज आङ्दम्बेले दाबीबिरोधपछि साँझ पौने ६ बजे अन्तिम नामावली प्रकाशित गरिएको बताएका छन्।
‘दुई जनाको उम्मेदवारी परेको छ, पार्टी सभापति शेरबहादुर देउवा र पार्टी महामन्त्री गगनकुमार थापा हुनुहुन्छ। अन्तिम नामावलीमा उहाँहरु दुवैको मनोनयन कायम भएको छ। अब बुधबार बिहान ८ देखि १० बजेसम्म मतदान हुन्छ।’

















