अमरेरिकामा शनिवार राति पावरबल ज्याकपोट कसैलाई परेन,अब सोमवारका लागि १.९ बिलियन पुग्यो
पेन्सिलभेनिया, अमेरिका / विश्वमा सर्वाधिक ठूलो धनरासी लोटरीको कीर्तिमान बनाएको अमेरिकाको पावरबल चिट्टा शनिवार राति कसैले जित्न सकेनन्।
अब सोमवार राति हुने ड्रका लागि पुरस्कार रासी बढेर १.९ बिलियन अमेरिकी डलर पुगेको छ। यो विश्व कीर्तिमानी पुरस्कार रकम हो। यस अगाडी १.६ बिलियन अमेरिकी डलर पुरस्कार रहेको पावरबल शनिवार रातिको ड्र गरिएको थियो । सो ड्रमा सेतो नम्वरमा 28, 45, 53, 56, 69 र रातो पावरबल 20 नम्वर निस्किएको थियो।
क्यालिफोर्निया लोटरी एसोसिएशनको वेबसाइटले अहिले सम्म कसैले पनि आफुले जितेको दावी नगरेको जनाएको छ। ‘कसैको लागि भाग्यशाली हुने अर्को मौका सोमबार हुनेछ।’ वेबसाइडमा भनिएको छ।
नयाँ १.९ बिलियन अमेरिकी डलरको ज्याकपोट परेमा कर कटाएर ९२९.१ मिलियन अमेरिकी डलर क्यास भ्यालु हुने छ।
विजेताले एक मुष्ट वा 29 वर्ष लगाएर किस्ता बन्दीमा पनि पुरस्कार रकम पाउने छ। प्रायस लटरी विवेताहरुले एक मुष्ट नै लटरी लिन रुचाउने गरेको लोटरीको वेबसाइडमा उल्लेख छ।
अमेरिकामा मेघाबल र पावरबल चर्चित लोटरी खेल हुन । पावरबल हप्तामा तीन पटक सोमबार,बुधवार र शनिवार ड्र गरिन्छ। दुई अमेरिकी डलरमा यो चिट्टा किन्न सकिन्छ।
लोटरीका कर्मचारी र तीनका परिवारले यो खेल खेल्न पाउने छैनन्। लोटरीबाट प्राप्त हुने रकम शिक्षा क्षेत्रमा खर्च हुदै आएको बताइको छ। यो अमेरिकी सरकारद्वारा नै खेलाइएको खेल हो।
विश्वकै ठूलो लटरी आज अमेरिकामा खुल्दै, पावरबलको ज्याकपोट जित्नेले पाउनेछन् १.६ बिलियन डलर