अमेरिका निवासी सञ्जय थापा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्षमा निर्वाचित
काठमाडौं / अमेरिका निवासी सञ्जय थापा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्षमा निर्वाचित भएका छन्।
काठमाडौंमा आइतवार सम्पन्न दुई दिने प्रथम अधिवेशनले थापालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। थापा, प्रवासी मञ्च अमेरिकाका संस्थापक अध्यक्ष हुन्।
मञ्चका निवर्तमान सचिवालय सदस्य एवं प्रवक्ता तथा अमेरिकाका निवर्तमान अध्यक्ष प्रभु थापाका अनुसार अधिवेशनले २६ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका (आइसीसी) सदस्य समेत रहेका थापा पेशाले इन्जिनियर हुन्। उनी अमेरिकाको न्यूयोर्क निवासी हुन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेको अधिवेशनले रमशे पाण्डेलाई उपाध्यक्ष चयन गरेको छ। अष्ट्रेलिया निवासी पाण्डे यस अगाडि सचिव थिए।
युरोप निवासी हेम शर्मा सचिव चयन भएका छन्। यस्तै मध्यपूर्वका चानक पोखरेल उपसचिव चयन भएका छन्।
कमिटीमा अमेरिका क्षेत्रबाट एक महिला सहित पाँच जना समेटिएका छन्। सबै भन्दा धेरै यूरोप बाट सात पुरुष सहित नौ जना कमिटीमा आटाएका छन्।
मध्यपूर्वबाट एक महिला सहित पाँच, अष्ट्रेलियाबाट एक महिला सहित तीन, इष्ट एशियाबाट एक महिला सहित चार जना निर्वाचित भएका छन्।
अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारी
अध्यक्ष : सञ्जय थापा (अमेरिका)
उपाध्यक्ष : रमेश पाण्डे (ओशियाना)
सचिव : हेम शेर्पा (यूरोप)
उपसचिव : चानक पोखरेल (मध्य पूर्व)
अमेरिका
सन्जय थापा ( अध्यक्ष)
हेमराज जोसी
डुण्डीराज पाण्डे
कुन्ति थापा
जानकी कार्की
पुरुषोतम वोहरा
राजेन्द्र सिवाकोटी
मध्य पुर्व
चानक पोखरेल ( उपसचिव)
तिर्थ गौतम
ज्योती शर्मा
महेश गिरी
कमल मणी
ओसेनिया
वलराम गिरी
रमेश पाण्डे ( उपाध्यक्ष)
डा.विनोद श्रेष्ठ
शिशिर नेपाल
विजय फुयाल
एशिया
सिता केसी
सुरेश केसी ( जापान)
डा.सरोज कणेल ( जापान)
सन्जु केसी ( कोरिया)
यूरोप
भक्त गुरुङ
हेम शेर्पा ( सचिव)
कर्ण शाही ( उपसचिव)
सरस्वती केसी
विमला भण्डारी
शिव वरुवाल
गोविन्द पौडेल
कल्पना त्रिपाटी
सुरेन्द्र थपलिया राजेन्द्र पुडासैनी