विश्वकै ठूलो लटरी आज अमेरिकामा खुल्दै, पावरबलको ज्याकपोट जित्नेले पाउनेछन् १.६ बिलियन डलर
पेन्सिलभेनिया,अमेरिका / विश्वकै अहिलेसम्मको सबैभन्दा ठूलो लटरी आज (नोभेम्वर ५ तारिक शनिवार) न्यूयोर्क समय अनुसार राति खुल्दै छ।
अमेरिकामा नियमित खेलिदै आएको पावरबलको यस पटकको ज्याकपोट कीर्तिमानी हुन पुगेको हो।
दुई डलरमा खरिद गर्न सकिने पावरबलको ज्याकपट रकम १.६ बिलियन पुगेको छ। जुन खेलको ३० वर्षको इतिहासमा सबैभन्दा ठूलो हो।
यस अगाडि सन् २०१६ मा अमेरिकामा नै तीन पावरबल खेलाडीहरूले जितेको रेकर्ड १.५ बिलियनको ज्याकपट सर्वाधिक रहदै आएको थियो।
शनिवार राति न्यूयोर्क समय अनुसार ११ बजे ड्र खुल्ने छ। जित्नका लागि ६ वटा नम्वर मिल्नु पर्ने छ।
यद्पी यो यदि तपाइँ जित्नुभयो भने, ठूलो अंश करमा जान्छ। कर राज्य र संघ दुबै तर्फ तिर्नु पर्छ।
विजेताले एकमुष्ट वा किस्तावन्दीमा गरि रकम लिन पाउने व्यवस्ता छ। यस पटकको ज्याकपोट परेमा नगद ७८२. ४ मिलियन अमेरिकी डलर छ।
अमेरिकामा मेघा मिलियन र पावरबल चर्चित लटरी खेल हुन्। पावरबल हरेक हप्ता सोमबार, बुधबार र शनिबार ड्र गरिन्छ।
एक देखि ६९ सम्म मध्ये पाँच वटा नम्वर छनौट गर्नु पर्ने हुन्छ । यस्तै वा एक देखि २६ सम्मबाट एउटा पावरबल नम्वर छनौट गर्नु पर्दछ। त्यसो त क्विक पिक पनि खेल्न सकिन्छ । यो भनेको मशिन आफैले नम्वर छनौट गर्छ।
एउटा टिकटको दुई डलर पर्छ। पावरबल टिकटहरू ४५ राज्यहरू, वाशिंगटन, डीसी, पोर्टो रिको र यूएस भर्जिन टापुहरूमा बेचिन्छन्। अलाबामा, अलास्का, हवाई, नेभाडा र उटाहले लटरीमा भाग लिँदैनन्।