नवौं राष्ट्रिय खेलकुद: फेन्सिङ्गमा बागमतीलाई तेश्रो दिन दुई स्वर्ण
पोखरा । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा आत तेश्रो दिन दुई स्वर्ण हात पारेको छ । यो सहित बागमतीको ४ स्वर्ण सहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फ्वईल तर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पुर्याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।
यस्तै आजै सम्पन्न महिलाको सेवर टिम ईभेन्टस्मा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई ४ पुर्याउँदै पदक तालिकामा आफुलाई अग्रस्थानमा पुर्याउन सफल भएको हो । बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । एपिएफ र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।
पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला इपी तर्फको प्रतिस्पर्धामा सेनाले विजयी हुँदै स्वर्ण हात पारे । सेनाले एपिएफलाई ४५–४० ले पराजित गरेको हो । तेश्रो स्थानमा प्रदेश १ र सुदूरपश्चिम रह्यो ।
बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलगायतले पुरस्कार वितरण गरेका थिए ।
नवौं राष्ट्रिय खेलकुद : नेपाल प्रहरी अन्तिम चार
नवौं राष्ट्रिय खेलकुदअन्र्तगत महिला क्रिकेटको समुह बी मा चार अंक सहित विभागीए टोली नेपाल प्रहरी शिर्ष स्थानमा रहेको छ । पोखरास्थित क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिस क्लवले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।
पुलिसकी प्लेयर अफ दि म्याच सम्झना खड्काले अर्धसतक बनाइन् । उनले ४३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ६० रन बनाइन् । त्यस्तै कविता कुँवरले ३७ रन बनाउँदा काजोल श्रेष्ठले ६ रन बनाइन् । पुलिसकी कप्तान रुविना क्षेत्री तथा अप्सरी बेगम क्रमस १६ र २१ रनमा अविजित रहे । प्रदेश एकका लागि निशा शाहले एक विकेट लिइन् ।
यसै गरि लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ । पोखरास्थित क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि १०४ रन अन्तरको विशाल जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको लुम्विनीले निर्धारित ओभरमा छ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रन बनाइन् ।
त्यस्तै सरस्वती घर्तीमगरले २० तथा सुस्मिता बजगाई र आष्मा पुलामी मगरले समान १२ रनको योगदान गरे । कर्णालीका लागि अन्जु गुरुङले दुई तथा एन्जिला क्षेत्रीले एक विकेट लिइन् । १२९ रनको लक्ष्य पछ्याएको कर्णाली ८.३ ओभरमा सबै विकेट गुमाउँदै २३ रनमा समेटियो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । कर्णालीका किरण कुवँरले ५, बिना थापाले ४, यमुना थारु र नितिका धमलाले समान दुई दुई रन, अन्जु गुरुङले एक तथा बाँकी खेलाडीले खाता नै खोल्न सकेनन् । लुम्बिनीका लागि मधु डिसीले चार, क्रितिका मरासिनीले दुई तथा सुस्मिता भुसालले एक विकेट लिइन् । खेलको प्लेयर अफ दि म्याच लुम्बिनीकी मधु डिसी चुनिइन् । यसअघि लुम्बिनी र प्रदेश एकबिचको खेल वर्षाका कारण रद्द भएको थियो ।
पुरुषतर्फ गण्डकीको तेस्रो जित
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ।
प्रतियोगिता अन्तर्गत पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज (बुधबार) भएको खेलमा गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।
लगातार ३ खेल जितेको गण्डकीले योसँगै ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा बागमतीले जित निकालेको छ। जितसँगै बागमतीले महत्वपूर्ण ३ अंक बटुलेको छ । मधेसकी सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन् ।