अमेरिकामा सम्पन्न माच्छापुच्छ्रे कप फुटबलको उपाधि पूर्व तिब्बत राष्ट्रिय टिमलाई
न्यूयोर्क,अमेरिका । हाम्रो पोखराद्वारा आयोजित पहिलो माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि पूर्व तिब्बत राष्ट्रिय टिमले जितेको छ।
न्यूयोर्कमा शुक्रवार राति भएको फाइनलमा ग्यालसुण्दो समाजलाई तीन शुन्य गोलले हराउदै तिब्बतले उपाधि जितेको हो।
३५ बर्ष उमेर भन्दा माथिका खेलाडीले भाग लिएको प्रतियोगितामा तिब्बतलाई उपाधि दिलाउने क्रममा उर्गेन छिरिङ्गले दुई तथा टासी दोर्जीले एक गोल गरेका थिए।
कुल बाह्र टिमले भाग लिएको एक दिने प्रतियोगिताको सेमीफाइनलमा तिब्बतले लगार्डिया उबर एफसीलाई हराएको थियो । यस्तै ग्यालसुण्दोले तामाङ्ग एफसीको चुनौती पन्छाएको थियो।
उपाधि सँगै तिब्बतले पाँच हजार एक अमेरिकी डलर नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र पायो। दोस्रो भएको ग्यालसुन्दोले २५ सय एक डलर ट्रफी मेडल र प्रमाणपत्र पायो।
प्रतियोगितामा ग्यालसुन्दो समाजका निमा लामा उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडी तिब्वतका तेन्जिन सेपेल भए। तिब्वतका टाशी सर्वाधिक गोलकर्ता र तेन्जिन उत्कृष्ठ गोलरक्षक भए।
उत्कृष्ठ टिम प्रबन्धक छिरिङ दोर्जी घोषित भए। फेयर प्ले अवार्ड मुस्ताङ एफसीले पायो।
प्रतियोगिताको विजेता टिमलाई गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाका उपाध्यक्ष दिलु पराजुलीले पुरस्कार वितरण गरेका थिए।
हाम्रो पोखराका संस्थापक तथा संरक्षक सन्तोष पहारीको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको संचालन हाम्रो पोखराका अध्यक्ष किशोर रेग्मीले गरेका थिए।
प्रतियोगिताको व्यवस्थापन हाम्रो पोखराका उपाध्यक्षद्वय निरजन बडगामी र अशोक राना मगर, कोषाध्यक्ष दीपेश गुरुङ, महासचिब कुमार गुरुङ तथा बोर्डका सदस्य बुद्ध दुरा, सन्तोष गुरुङ, विनोद गुरुङ, कृष्ण पौडेल र बसन्त श्रेष्ठले लगायतले गरेका थिए।