आइसिसी विश्वकप लिग-२ : नेपाललाई अमेरिकाले दियो २ सय ४६ रनको लक्ष्य
ह्युस्टन, टेक्सास । आइसिसी विश्वकप लिग-२ क्रिकेटमा अमेरिकाले नेपाललाई दुई सय ४६ रनको लक्ष्य दिएको छ।
मोसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टिम अमेरिकाले पुरा ५० ओभरमा सात विकेट खर्चदा २ सय ४५ रन बनायो ।
पहिलो ओभरमा विकेट गुमाएर दवाबमा परेको अमेरिकाले पुरा इनिङ खेल्दा नेपालका लागि चुनौति पूर्ण स्कोर खडा गर्यो ।
अमेरिका गजानन्द सिंह र शुसान्त मोदानीले अर्धसतकीय पारी खेले । सिंहले ५८ र मोदानीले ५४ रन जोडे ।
अमेरिकाका ओपनर स्टिभन टेलरलाई पहिलो ओभरको पाँचौ बलमा करण केसीले व्यक्तिगत तीन रनमा पेभिलियनको बाटो देखाएका थिए।
यस श्रृखलाको अघिल्लो म्यानमा टेलरले नेपाल बिरुद्द सतकिय पारी खेलेका थिए। पाँचौ ओभरमा करणले अमेरिकाका कप्तान मोनांक पटेललाई चार रनमा आउट गराएका थिए।
२५ औ ओभरमा दीपेन्द्रसिंह ऐरीले अमेरिकाको तेस्रो विकेट लिए। दीपेन्द्रले अमेरिकाका सुशान्त मोदानी र आरोन जोन्सको ८८ रनको साझेदारी तोडेका थिए। दीपेन्द्रले जोन्सलाई व्यक्तिगत ४३ रनमा समेटेका थिए ।
२७ ओभरको तेस्रो बलमा कप्तान सन्दीप लामिछानेले सुशान्तलाई ५४ रन रोके । पाँचौ विकेट नेपालका लागि सबै भन्दा महङ्गो बन्यो । आरोन जोन्स र साइतेजा मुक्कामल्लाले ८५ रनको साझेदारी गरे ।
४३ ओभरको एक बलमा सोमपाल कामीले यो साझेदारी तोडेका थिए। मुक्कामल्ला ३६ रनमा समेटिए ।
छैटौ विकेटको रुपमा पेभिलियन फर्कने गजानन्द सिंह ५८ रन जोडे । उनलाई सन्दीप लामिछानेले रोहित पौडेल मार्फत क्याच गराएका थिए।
निसर्ग पटेल १८ र क्यामरन स्टिभन्स १६ रनमा अविजित रहे ।
नेपाल र अमेरिकाबीचको खेल लाइभ यहाँ हेर्न सक्नु हुने छ।















