पेन्सिल्भेनिया ल्यानक्यास्टरमा चोरी आरोपमा महिला पक्राउ
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ल्यानक्यास्टर टाउनसिपमा तीन छुट्टाछुट्टै घटनामा किराना पसलबाट सामान चोरी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
ल्यान्कास्टर टाउनसिप प्रहरीका अनुसार सेप्टेम्बर ३, २०२६ मा दिउँसो करिब १२ः२५ बजे वेज मार्केट बाट पटक–पटक खुद्रा चोरी भएको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
अनुसन्धानका क्रममा पसलको ‘लस प्रिभेन्सन’ टोलीले मे १८ देखि जुन १०, २०२६ सम्म तीन पटक गरि ती महिलाले दुई सय ३९ डलरभन्दा बढी मूल्यका सामान चोरी गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानबाट ती महिला येसेनिया ट्रेभिनो रहेको पहिचान भएको थियो।
प्रहरीका अनुसार ट्रेभिनो विरुद्ध खुद्रा चोरीका तीनवटा एफसी श्रेणीका अभियोग दर्ता गरिएको थियो। अभियोग दर्तापछि उनलाई पक्राउ गर्न वारेन्ट जारी गरिएको थियो।
अक्टोबर १, २०२६ मा ल्यान्कास्टर टाउनसिप प्रहरीले उनलाई आफ्नै निवासबाट पक्राउ गरेको जनाएको छ।
पक्राउपछि उनलाई ल्यानक्यास्टर काउन्टी जेलमा लगिएको र थप अदालती कारबाहीका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ।

















